माओवादीले ३ महिने अभियान चलाउने
काठमाडाैं | साउन २१, २०८०
काठमाडौं: नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले ‘जनतासँग माओवादी’ तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले अध्यक्षले प्रस्ताव गरेको ‘जनतामा माओवादी’, ‘जनतासँग माओवादी’, ‘विशेष रुपान्तरणका लागि तीन महिने अभियान सर्वसम्मतले पारित भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एउटा अभियान अध्यक्षले राख्नुभएको प्रस्ताव सर्वसम्मतले पास भयो।जनतामा माओवादी, जनतासँग माओवादी विशेष रुपान्तरणका लागि तीन महिने अभियान।भाद्र १६ गत त्यो अनुसार अभियानमा जनताको घर–घरमा जाने, आठौं राष्ट्रिय महाधिवेशन लगायतका अभियान ।”
उहाँले यसका लागि दस्तावेज तयार एवम् कार्य विभाजन भएको बताउनुभयो।
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

